ठगी र मानहानीको आरोपसहित लाली गुराँस विरुद्ध उत्रिए गायक रामकृष्ण ढकाल



चर्चित गायक रामकृष्ण ढकाल लगायतले लाली गुराँस सहकारी संस्थाले आफू सहित धेरैलाई फसाएको तथा मानहानिको काम गरेको आरोप लगाएका छन् । शुक्रवार ढकाल सहित नेपाल अभिभावक सङ्घका अध्यक्ष प्रदेश नं तीन तेक्वान्दो सङ्घका अध्यक्ष केशव पुरी लगायतले पत्रकार सम्मेलनको आयोजना गर्दै सहकारी र यसका सञ्चालक सुरेन्द्र भण्डारीले ज्यादती गरेको आरोप लगाए ।
ढकालले सहकारी सञ्चालककै सल्लाहमा २०६६ सालमा १ करोड ८० लाखमा ऋण लिएर भैसेपाटीमा घर खरिद गरेको बताए । ढकालका अनुसार उनले केही समय ब्याज तीरे पनि केही समय पछि ब्याज तिर्न नसकेको स्वीकारेका छन् । सहकारीले नै मिलाइदिएर ढकालले बानेश्वरको बैङ्कबाट ५६ लाख ऋण मिलाई दिएको र त्यही ऋण वाट ब्याज तीरेको बताए । बिचमा सहकारी सञ्चालक सम्पर्कमा आउन नचाहेको तथा २०७० सालमा १ करोड ५० लाख आफैले मूल्याङ्कन गरेर घर जग्गा लिलाम गरेको र ऋणीलाई थौ नदिएको उनले बताए ।
२०७२ मा फेरी सहकारीले पहिला लिएको ५६ लाख र त्यसको ब्याज बाँकी रहेको दाबी ढकालले कानुनी बाटो राजेका थिए । प्रतिवादी नै सुनुवाइमा उपस्थित नभए पछि अदालतले सबै कुरा टुङ्गिएको जनाए पनि पछिल्लो समय फेरी ५ करोड रुपैयाँ भन्दा बढी लीन बाँकी रहेको भन्दै सूचना प्रकाशित गरे पछि ढकाल मानहानिको मुद्दा सहित अदालतमा उपश्स्थित हुने भएका छन् ।
सोही कार्यक्रममा अभिभावक सङ्घका अध्यक्ष पुरीले पनि आफूलाई नियतवश फसाएर जग्गा सहकारीले हडपेको आरोप लगाए । सहकारी सञ्चालक सुरेन्द्र भण्डारीले सहकारीमा यसरी अन्यलाई फसाउँदै आफ्ना निकटकालाई अत्यन्त न्यून ब्याजदरमा ऋण दिने गरेको आरोप उनीहरूले लगाए । उनीहरूले लालीगुराँसका सञ्चालकले अन्य थुप्रै कम्पनी खोल्ने र सहकारीको पैसा त्यसमा लगाउँदै अकुत लाभ लिने गरेको आरोप समेत लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्