विप्लव कार्यकर्ताबाट गुल्मीमा विद्यालय बन्द



नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाले गुल्मीका सामुदायिक तथा निजी विद्यालयहरू अनिश्चितकालीन बन्द गरेको छ । आफ्ना विद्यार्थी नेताहरू गिरफ्तार भएको विरोधमा उनीहरूले गुल्मी बन्द गरेका हुन् । विप्लव नेतृत्वको प्रतिवनधीत दल अन्तरगतको अनेराव्वियु(क्रान्तिकारी)ले जिल्ला सचिव विष्णु विक र जिल्ला सदस्य राजन खड्कालाई पक्राउ गरेको हो । बन्दको घोषणाले सदरमुकाममा रहेका विद्यालय बन्द भएका छन् भने ग्रामीण भेगमा यसको असर परेको छैन ।

प्रतिक्रिया दिनुहोस्