हिरासतमा रहेका चर्चित पत्रकार रवीलाई चितवनमा नै पुगि पत्रकारको टोलीले भेट्यो



चितवन । नेपाल पत्रकार महासंघ र प्रेस संगठनको सयुक्त टोलीले हिरासतमा रहेका चर्चित पत्रकार रवि लामिछाने र अर्का पत्रकार युवराज कँडेललाई चितवन नै पुगि भेट गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन पुगेर लामिछाने र कँडेलसँग टोलीले भेट गरेको हो ।

भेटका क्रममा पत्रकार लामिछानेले पूर्वसहकर्मीको मृत्युले दुःखित भएका बेला उल्टै झुटा आरोपमा आफुलाई फसाउने षडयन्त्रको आवास भएको बताए । रवीका समर्थकले निर्दोष रवीलाई प्रशासनले फसाउन खोजेको भन्दै दैनिक विरोध प्रर्दशन गरेपछि पत्रकारको टोली रवीलाई भेट्न चितवन पुगेको हो ।

अनुसन्धानलाई सहयोग गर्न तयार रहेको भएपनि घट्नाक्रमले अर्कै मोड लिन लागेको रवीको आशंका रहेको टोलीमा सहभागि एक सदस्यले बताए । पत्रकार कँडेलले आत्महत्या गरेको पत्रकार शालिकराम पुडासैनीले भिडियोमा भनिए जस्तो नर्स अस्मिता कार्कीलाई पहिलो पटक अदालतमा भेटको बताएका थिए ।

चिन्दै नचिनेको व्यक्तिलाई चिनेको भनि फसाउन खोज्नुले आफुलाई पीडा दिएको उनले बताए । रवी, युवराज र अस्मितालाई अनुसन्धानका लागि पाँच दिन हिरासतमै राख्ने आदेश दिएको छ । विहिवार थपिएको समय सोमवार पुग्दैछ । रवीसँगको भेटमा पत्रकारको टोलीले निर्दोषलाई फस्न नदिन जस्तोसुकै पहल गर्ने बताएका थिए । पुडासैनीले आत्महत्याका लागि वाध्य पारेको पुडासैनीको भिडियो सार्वजनिक भएपछि रवी, युवराज र अस्मितालाई प्रशासनले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्