पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका लामिछानेसहितलाई पुन म्याद थप्ने



काठमाण्डौं । न्युज २४ टेलिभिजनबाट प्रशारण हुँदै आएको सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवी लामिछानेसहितको टोलीलाई आज पनि अदालत पेश गरिदैछ ।

शालिकराज पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका लामिछानेसहितलाई अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यलय चितवनमा राखेर थप अनुसन्धान भइरहेको छ ।

अनुसन्धानको प्रकृया अझै नसकिएकाले लामिछानेसहितको आरोपीलाई पुन म्याद थप्ने बताईएको छ । पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा कार्यक्रम प्रस्तोता लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई थुनामा राखि अनुसन्धान भईरहेको छ ।

यसअघि अनुसन्धानका लागि उनीहरुलाई जिल्ला अदालत चितवनले पाँच दिन थुनामा राख्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्