Logo
बुधबार, २७ कार्तिक २०७६
(Wednesday 13th November 2019)

विष्ट ओलम्पिक कमिटीको प्रतिनिधि भइछाडे




राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव केशव विष्टको पदीय लोलुप्ताका कारण उसुको विवाद अझ यथावत् रहेको छ । उनी नेपाल ओलम्पिक कमिटीमा प्रवेश गर्दै उसु सङ्घ छाड्न राजी भएको जनाइन्छ । उसु निकट श्रोतले दिएको जानकारी अनुसार उसुुुका कमिटीका जिम्मेवार अन्य ब्यत्ति,सँग मिलेर विष्टले भदौ २१ को मितिको राजीनामा पत्रमा हस्ताक्षर गरेका छन् । नेपाल ओलम्पिक कमिटीको निर्वाचन भदौ २० मा हुने छ ।
गत वर्ष नै भएको उसुको साधारण सभामा अध्यक्ष हुने चाहना भएका केशव विष्ट साधारण सभामा आफू पराजित हुने भए पछि आफैले स्थगित गरेका थिए । सत्ता र शक्तिको आडमा जर्बजस्ती आफैले आफैलाई अध्यक्ष घोषणा गरेका विष्टले यसै साता आफू ओलम्पिक कमिटीमा प्रतिनिधि हुँदै उसु सङ्घ छाड्न सहमत भएका हुन् ।
यस अघि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिना एथलेटिक्सको प्रतिनिधि भइसकेका छन् । एथलेटिक्सका थुप्रै जिम्मेवार व्यक्ति अध्यक्ष राजीव शाहको विरुद्धमा रहे पछि यसैको फाइदा उठाउँदै परिषद्का अधिकारी एथलेटिक्समा हाबी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्