Logo
बुधबार, २७ कार्तिक २०७६
(Wednesday 13th November 2019)

“ अन्य भन्दा ऊर्जा व्यवसाय जोखिम कम, तर अधिक च्यालेन्ज” युवा व्यवसायी नेपाल



पछिल्लो समय नेपालले ऊर्जा क्षेत्रमा फड्को मार्दै छ । यसै  ऊर्जा ब्यवायमा केही युवाको सशक्त उपस्थिति हुन थालेको छ । यसै क्रममा पिपुल्स पावरका सञ्चालक सन्तोष राज नेपाल यस व्यवसायमा देखिएका आशा लाग्दा हुन् । समृद्धि क्यापिटल, समृद्धि इनर्जी लगायत कम्पनीमा समेत आबद्ध रहेका नेपालसँग गरिएको कुराकानीको सार सङ्क्षेप

व्यवसायमा प्रवेश चाहिँ कसरी गर्नु भयो ?
म सन् २००९ मा चाइना गेजवा कम्पनीमा काम गर्दै थिए । त्यहाँ म प्रमुख प्रशासकीय अधिकृत थिए । अप्पर त्रिशूली र चमेलिया हाइड्रो प्रोजेक्ट सुरु भएको थियो । यसबाटै मैले हाइड्रोपावरका बारे थाहा पाए । यस पछि केही साथीहरूसँग मिलेर इलामको पुवा खोलमा पिपुल्स पावर कम्पनी खोलेर (४.९६ मे.वा.) हाइड्रोको काम सुरु ग¥यौे । यहाँ ४ सय जना जति प्रोमोटर हुनु हुन्छ । ४० प्रतिशत काम सकियो र साधारण शेयर निष्कासन गर्ने काम अघि बढेको छ । अब आगामी आर्थिक वर्ष सम्ममा पुवा खोलाको हाइड्रोले आफ्नो उत्पादन सुरु गर्छ ।

अन्य व्यवसाय भन्दा यो व्यवसायलाई प्राथमिकता दिनु भएको छ । यसमा के जोखिम कम हो ?
यसमा आम्दानी निश्चित हुन्छ त्यसैले यसमा नाफा पनि फिक्स हुन्छ । पिपिए रेट तय गरेर सरकारले ३० वर्षका लागि किनिदिने छ । यसमा पनि ठाउँ, बाटो को पहुँच, ट्रान्समिसन लाइन को सुविधा र जग्गाको भाउको घटबढले पनि फरक त पर्छ । जोखिम त खोला मा काम गर्ने को नहुने भन्ने त हुन्न तर पनि हाम्रो सुगम ठाउँमा छ । राम्रो प्रतिफल पनि छ । नेपाल सरकारसँग पावर पर्चेज एग्रीमेन्ट भएको हुनाले व्यापार कहाँ गर्ने भन्न चाहिँ परेन ।

नेपालमा प्राय व्यवसायीले मौजुदा नीतिलाई हेरेर काम गरिरहँदा अपर्झट सरकारले नीति परिवर्तन गरे पछि एकै पटक समस्यामा परेका छन् । यो व्यवसायमा यो समस्या हुँदैन ?
सरकारी नीतिले फरक ने नपर्ने होइन । तर, कत्ति फरक पर्छ भन्ने हो । सरकारले अहिले १० वर्षका लागि हाइड्रोको रिभिन्युमा कर छुट गरेको छ । नयाँ पोलिसि आएर करको दायरामा फरक पर्दा अन्य कुरालाई पनि असर गरी नै हाल्छ ।

तपाइ शेयर बजारमा चाहिँ कहिले देखि हुनु हुन्छ ?
म २०६५ देखी शेयर बजारमा छु । मेरो धेरै लगानी त छैन । तर, अनुभवी हुँ । मैले नेप्से ११७५ को बुल पनि देखे र १८८१ पनि देखे ।

धेरै जना त पढाइ सकिए पछि जागिर खाने र धेरै समय पछि मात्र व्यवसाय गर्ने चलन हुन्छ । तपाइलाई ब्वयवसा नै गर्ने सोच कहाँबाट आयो ?
म सुरु मा चाइनिज कम्पनीमा जागिरे नै भए । यसै क्षेत्रको बारे जानकारी पाए पछि हाइड्रोको क्षेत्रमा प्रवेश गरे । अनुभवले यसका बारे बुझे र एक खाले आत्मविश्वास पलायो ।

सामाजिक सेवामा तपाइहरूको उपस्थिति कस्तो छ ?
व्यक्तिगत रूपमा त खासै छैन तर पनि हामीले पनि हाम्रो परियोजना भएको ठाउँमा समस्या पर्दा सहयोग गर्ने गरेका छौ । खासमा त्यहाँको बाटोमा अप्ठेरो पर्दा र समस्या पर्दा हाम्रा सामग्रीहरूले धेरै सहयोग भएको छ ।

त्यहाँको समुदायबाट कस्तो सहयोग या असहयोग पाउनु भएको छ ?
हामीले त्यो समुदायबाट एकदमै सहयोग पाएको छु । सबैले एकदमै सहयोग गर्नु भएको छ । हामीलाई कुनै पनि समस्या भएको छैन ।

प्रतिक्रिया दिनुहोस्