Logo
बुधबार, २७ कार्तिक २०७६
(Wednesday 13th November 2019)

“हामी कीर्तिपुरबासी शिक्षामा अगाडी, स्वास्थ्यमा पनि अघि,”मेयर मर्हजन



रमेश मर्हजन कीर्तिपुर नगरपालिकाका मेयर । शिक्षा सहकारी र खेलकुद लगायत आफू आबद्ध क्षेत्रमा उल्लेखनीय काम गरेकै कारण रमेश आम मानिसमा लोकप्रिय समेत रहेका छन् । मर्हजनसंग गरिएको कुराकानीको सार सङ्क्षेप

तपाई शिक्षण पेसा जस्तो प्रतिष्ठित पेसामा रहनु भएको मान्छे, राजनीतिमा सक्रिय हुँदा प्रतिष्ठामै कमी भएको त छैन ?
त्यो प्रतिष्ठामा कमी आउन नदिन नै महिनेत गरिरहेको छु । अहिले धेरै मेरै साथीहरूले पनि शिक्षण पेसा छाडेर नगरपालिकामा आए पछि लोकप्रियता खस्केको हो की भन्ने गुनासो गर्नु भएको छ । तर, म आफ्नो ठाउँबाट राम्रो गरेर त्यो प्रतिष्ठा कायम राख्न मिहेनत गरिरहेको छु ।

तपाइ सहकारी,शिक्षा, खेलकुद र राजनीतिमा रहनु भयो । सबै भन्दा रमाउने क्षेत्र चाही कुन हो ?
त्यो त खेलकुद नै हो ।

कीर्तिपुर नेपालको इतिहासमै सास्ककतिक , शैक्षिक र अन्य सबै विषयमा अब्बल मानीन्थो । अहिले पछि पर्दै गएको हो ?
हामीले समय अनुसार परिमार्जन गर्दै जान सकेनौ । हाम्रो गौरवशाली इतिहास छ, हरेक क्षेत्रमा । तर समय अनुसार कीतिृपुरलाई पर्यटकीय र र्सास्कतिक हिसाबले प्रवर्द्धन गर्न सकेनौ । टुरिस्टहरूका लागि नेपालमा अन्य डेस्टीनेसनहरु बन्दै गए । हामीले प्रवर्द्धन गर्न नसकेर केही पछि परेका हौ ।

मेयर भए पछि सबै क्षेत्रमा समय व्यवस्थापन लगायत कुरामा अलि अप्ठेरो भयो होला नि ?
स्वाभाविक रूपमा आफू सम्बद्ध सबै ठाउँमा उत्तिकै समय दिन कठिन हुने रहेछ । जुडो सङ्घमा अलि कम समय दिएको छु । सहकारी र शिक्षा क्षेत्रमा त नयाँ काम गर्न पाएको छु । मेयर भए पछि सहकारी ऐन र शिक्षा ऐन लेराएका छौ । यसले यो दुई क्षेत्रमा नयाँ काम गर्न पाएको छु ।

प्राय स्पोर्ट्स पर्सन राजनीतिमा आउँदा राम्रो काम गरेको पाइन्छ ? तपाइको हकमा कस्तो अनुभव रह्यो ?
जुडोले मलाई एउटा नयाँ संस्कार सिकायो । स्पोर्ट्सकै संस्कार हामीले राजनीतिमा लागु ग¥यौ । हामी निर्वाचनमा जाँदा पनि कसैले कसैको अनर्गल प्रचार नगर्ने र मैत्री पूर्ण प्रतिस्पर्धा गर्ने र परिणामलाई एकदमै हार्दिकतापूर्वक स्वीकार गर्ने वातावरण बनेको थियो । यसमा म र मेरा अन्य प्रतिद्वन्द्वी साथीहरू पनि कायम रहनु भयो । यो संस्कार हामीले खेलकुदले सिकाएको हो । हामी अहिले पनि मित्रवत् प्रतिस्पर्धा गर्छौ । प्रतिस्पर्धीलाई सम्मान गर्ने आदत हामीमा कायम छ । यो संस्कारको विकास नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।

अहिले सबैबाट सहयोग पाउनु भएको होला नि ?
सहयोग पाएको भन्दा पनि राम्रो काममा उहााहरुकोे कुनै अवरोध छैन । यसलाई मैले एकदमै सकारात्मक रूपमा लिएको छु ।
कीर्तिपुर नगरपालिका बृहत् भए पछि यहाँ भिन्न सांस्कृतिक र भिन्न परिवेशका बासिँदा छन् । समायोजनमा कठिन भएको छैन ?
त्यसो त कीर्तिपुरलाई पहिले नै ७७ औ जिल्ला भनिने चलन थियो । यहाँ भारतीय मूलका बासिन्दा समेतको बसोबास छ । यहाँको नयाँ बस्तीमा त झन् भिन्न परिवेश र भिन्न सम्प्रदायको उपीश्थती छ । उहाँहरू सबैको उत्तिकै सम्मान गर्दै काम गरिरहेको छु । नयाँ बस्तीमा अलि ध्यान कम भएको भन्ने गुनासो सुनेको छु । यसलाई मनन गरेर अघि बढेको छु ।

धेरै स्थानीय निकाय शिक्षा र स्वास्थ्य जस्ता आधारभूत कुरामा ध्यान नदिएर यातायात लगायत कुरामा मात्र केन्द्रित भएको पाइन्छ । कीर्तिपुरको हकमा कस्तो भएको छ ?
कीर्तिपुरमा आधारभूत आवश्यकताको समस्या छैन । शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि हामी अगाडी छौ । शिक्षामा तीन नम्बर प्रदेशको सबैभन्दा धेरै सुचांकनै कीर्तिपुरमा हो । स्वास्थ्यमा पनि सबैको पहुँच छ । कीर्तिपुरमा फेयर नेपालको सामुदायिक अस्पताल छ । १० वटा हेल्थ पोस्ट छ । निजी क्षेत्रका अस्पताल पनि छ । आयुर्वेदिक अस्पताल पनि छ । कीर्तिपुरमा असोज देखि हामीले निःशुल्क डाइलोसिसको व्यवस्था गदै छौ । खानेपानीको हकमा केही समस्या छन् । यसलाई समाधान गर्न हामी डिप बोरिङको व्यवस्था गर्दछौ ।

कीर्तिपुरमा तत्काल गर्नै पर्ने काम चाहिँ के के छन् ?
६ आठ महिनामा खानेपानीको समाधान गर्नु पर्छ । ८ वटा अर्को सडकको व्यवस्था गर्नु पर्छ । यो सायद दुई वर्ष भन्दा बढी लाग्छ होला । अनि केही पर्यटकीय डेस्टीनेसनका काम गर्नु छ । अनि अन्य नियमित काम ।

प्रतिक्रिया दिनुहोस्