उद्योग बाणिज्य महासंघमा तीजको शुभकामना आदानप्रदान



काठमाण्डौं । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको पूर्वसन्ध्यामा नेपाल उद्योग बाणिज्य महासंघले शुभकामना आदानप्रदान गरेको छ । सो अवसरमा महासंघकी अध्यक्ष भवानी राणाले महासंघमा कार्यरत कर्मचारीसँग शुभकामना आदानप्रदान गरेकी हुन् ।

शुभकामना आदानप्रदान कार्यक्रममा दर खाने कार्यक्रम समेत आयोजना गरिएको थियो । महासंघले प्रत्येक वर्ष आफना महिला कर्मचारीविच तीजको शुभकामना आदानप्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्