एनआरएन नर्वेको अध्यक्षमा मल्ल निर्विरोध निर्वाचित, आईसिसी सदस्यमा अर्याल विजयी



नर्बे । गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद नर्वेको अध्यक्षमा नयन मल्ल निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरि उपाध्यक्षमा जिवनवहादुर शाही, किरण गुरुङ, प्रदिप अधिकारी विजयी भएका छन् ।

आईसिसी सदस्यमा राजु अर्याल विजयी भएका छन् । महासचिवमा पवित्र बस्नेत निर्विरोध निर्वाचित भएका छन् । गत शनिवार ओस्लोमा सम्पन्न अधिवेशनले एनआरएन नर्बेको नयाँ कार्यसमिति छनौट गरेको हो ।

उम्मेदवारी दर्ता उपाध्यक्ष र आइसीसीमा बढि उम्मेदवारी परेपछि ती पदका लागि मात्र निर्वाचन भएको थियो । त्यसैगरी कोषाध्यक्षमा अन्जन बास्तोला, महिला संयोजकमा गोमा सुवेदी, युवा संयोजकमा नारायण थापा विजयी भएका छन् ।

त्यस्तै सदस्यमा अनुज उपाध्याय, सागर अर्याल, दिपक पौडेल, जीवननाथ भट्टाराई, पवन आले, सिद्धान्त घले निर्विरोध निर्वाचित भएका छन् । अगस्ट ३१ मा भएको निर्वाचनमा ५५० मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्