‘यसै नेपाल फर्केका होइनन सहज’, संभावना यस्तो देखेका छन् उनले नेपालमा




नेपालमा बाल्यकाल, भारतमा युवा अवस्था र जापानमा व्यवस्थापकीय क्षेत्रमा लामो अनुभव । यसैका आधारमा नेपालमा केही गर्ने चाहना । त्यसो त सहज श्रेष्ठको जीवन प्रतिको बुझाइ पनि यस्तो छ,‘ सुरुमा इन्भेस्ष्ट आफैँमा गर्ने हो । पढाइमा अनि सिकाइमा ।

’त्यही लगानी पछि केही गर्ने जोसका साथ उनको नेपाल आगमन भएको हो । सजलको पुर्ख्यौली पेसा नै व्यापार । उनका बाबु उदय मोहन श्रेष्ठको काठमाडौँ डिल्लीबजारमा रहेको पेन्सन वासना होटेलको प्रोपाइटरको रूपमा नेपाली व्यापारिक क्षेत्रको परिचय छ । यसैगरी, प्राइम बैङ्कमा पनि उदय मोहनको आवद्धता ।

गान्धी आश्रमका अध्यक्ष अनि अन्य थुप्रै सामाजिक क्षेत्रमा सक्रियताले उदय मोहनको नेपाली समाजमा भिन्न परिचय र छाप छ । सहजको बाल्यकाल काठमाडौँमा नै बितेको थियो । ४ कक्षा देखि १२ कक्षासम्म भारत राजस्थान राज्यस्थित अजमेयरको सुपरिचित मेयो कलेजमा अध्ययन गरे ।

यसपछि स्टुडेन्ट एक्सचेन्ज प्रोग्राम अन्तरगत उनका लागि दुई विकल्प देखिए । एउटा जापान र अर्को अमेरिका । उनले जापान रोजे । त्यहीँ बिजनेस म्यानेजमेन्ट मास्टर डिग्री सकेपछि निसान कम्पनीको आकेबोनो ब्रेकमा उनी कार्यरत रहे । जहाँ नयाँ गाडी निर्माण हुन्छ । उनले ब्र्रेकिङ सिस्टमका बारे काम गरेका थिए ।

विभिन्न एनजिओहरूमा समेत उनी आबद्ध थिए । हो, यिनै व्यवस्थापकीय अनुभवलाई प्रयोगमा ल्याउन सहज दुई साता अघि मात्र नेपाल आएका हुन् । साँचो भन्दा राम्रो जागिर, व्यवस्थापकीय क्षेत्रमा पहुँच, अन्तर्राष्ट्रिय बजारमा उज्ज्वल भविष्य । यी सबै छाडेर नेपाल आउनुको कारण कुनै भावनात्मक कुरा मात्र त होइन भन्ने पनि हो, धेरैका लागि ।

तर, सहजमा एउटा आत्मविश्वास भेटिन्छ,‘‘ अहिले हो, आएर केही गर्ने । पछि त समय ढिला पनि हुन सक्छ । आखिर एक दिन त नेपाल फर्कनै पर्छ ’ त्यसो त सहजका बाबु टेबल टेनिसका भेट्रान च्याम्पियन, राजनीतिमा पनि सक्रिय ।

छोरी स्माइल श्रेष्ठको विवाह भइसक्यो । छोरा सहज पनि विदेशमा । त्यसैले श्रीमती कोहिनुर श्रेष्ठको र उदय मोहनका लागि सामाजिक जीवनमा केही गर्ने चाहना नै मरेको थियो । कोहिनुरका बाबु कृष्णमान श्रेष्ठको नेपालमा भिन्न प्रभाव रहेको थियो । सहजमा एउटा कुरा जाग्यो, ‘पहुँच छ, पढाइ छ, पैसा छ, अनुभव र अन्तर्राष्ट्रिय बजारमा काम गरेर केही सिकिएको छ । ‘किन नेपाल नफर्कने ? ’ हो यही अठोट र दृढता सहजको काठमाडौँ आगमनको प्रमुख कारण ।

देशलाई हेर्ने उनका सकारात्मक पाटा छन्, यही पाटा थुप्रै युवाका लागि प्रेरणाका श्रोत पनि । ‘देश स्थिरता तर्फ उन्मुख छ । यसै समयमा हामी युवाले केही गर्नु पर्छ  ’यो उनको प्रस्ट कथन हो । नेपालको सम्भावना के हो भन्ने सवालमा उनी नेपालका लागि पहिलो प्राथमिकता आइटी नै हुन सक्ने जनाउँछन् । उनी ‘डिस्रीप्टीभ’ व्यापारको अनुसन्धान तथा विश्वव्यापी व्यापार नेपालबाटै गर्न चाहन्छन् ।

उनले जापानमा बसेर अर्को महत्त्वपूर्ण कुरा बुझे । कुनै समय जापानको अवस्था अहिलेको जस्तो मजबुत थिएन । अझ दोस्रो विश्वयुद्ध पछि त झन् क्षति क्षतविक्षत भएको हो । यसै जापानले आफूलाई मात्र उन्नत बनाएन,  चीनको इवान, कोरिया, हंगकंग र सिङ्गापुरको विकासमा जापानको उत्तिकै भूमिका छ ।

यो इतिहासको एउटा महत्त्वपूर्ण पाटो । अब, जापानको लगानीको क्षेत्र भियतनामतर्फ मोडिएको छ । स्टिलका कारण भियतनामले फड्को मार्दै छ । अब बिस्तारै नेपाल, म्यानमार, श्रीलङ्का जस्ता ठाउँहरू लगानीका नयाँ क्षेत्र हुन सक्ने छन् । देश विदेशको विजनेश पनि निकै वुझेका छन् सहजले । अनि सहज थुप्रै अनुभव पनि बटुल्दै छन् ।


नेपालको आर्थिक तथा सामाजिक विकासमा जाईकाको त्यत्तिकै भूमिका छ । यसै गरी जापानको व्यवसायी क्षेत्रमा जेट्राको भूमिका सबैतिर रहने गर्छ । यर्स अर्गनाइजेसनले बस्तुगत अध्ययन पनि गर्ने गर्छ । जेट्राले लगानी सुरक्षित हुने जनाए पछि कुनै पनि जापानी उद्योगका लागि बाटो खुला हुने छ ।

तर, नेपालको यसको कार्यालय छैन । गत जुलाईमा उनी एउटा सेमिनारका लागि लाओस् पुगेका थिए । यसै समयमा संयोगवश बैंककको ट्रान्जिटमा यसै अर्गनाइजेसनको जिम्मेवार व्यक्तिसँग पनि उनले भेटेका थिए । यसपछि उनी यस कदममा पनि अघि बढ्दै छन् ।
हरेक कार्य सुरुमा सहज हुँदैन । उनी आफू जापान पुग्दा पनि सांस्कृतिक र भाषिक कारणले केही अप्ठेरो महसुस भएको थियो । अब यी सबै कुरा समाधान भएपछि जापानको लगानी नेपाल भित्र्याउने र जापानी सस्थासंग मिलेर नेपालमै काम गर्न सक्नेमा सहज आशावादी रहेका छन् । यो नेपालका सबै उद्योगी व्यापारीका लागि खुसीको खबर हुने छ ।

नेपालका केही कुराले भने उनी अचम्मित छन् । जापानको सुरुवाती तलब ३ या चार लाख हुन्छ । नेपालको ३० या ४० हजार । तर, बजार भाउ उस्तै । नेपालीले कसरी जीवनयापन गरिरहेका होलान् ? भन्ने प्रश्न उनको मनमा उठ्ने गरेको छ । यो प्रश्नको जवाफ यत्ति सजिलो त छैन । परन्तु, आर्थिक विकासको आवश्यकता टड्कारो भन्छन्, उनी ।  नेपालका अन्य केही समस्यामा पनि उनी अचम्म मान्छन्, सडक व्यवस्थापन ।

उनको तर्क छ, सडक व्यवस्थापन सही भए सार्वजनिक सवारी साधानमै धेरै यात्रा हुन्थ्यो । यसले पेट्रोलियम पदार्थको खपत पनि कम हुन्थ्यो । उनी हरेक विषयमा भित्री कुरा वुझन इच्छुक छन्। अनि त्यहि व्यवहारमा ल्याउने प्रयत्न गर्छन् । कृषिमा पनि धेरै संभावना सहजले देखेका छन् । वैज्ञानिक कृषि उनको योजनमा छ । विदेशिएका नेपालीलाई स्वेदशमै संभावना देखाउने उनको मुख्य ध्येय हो ।


उनी  विद्युतीय गाडीको उपयोग सही हुने ठहर गर्छन् । तर, केही समस्या त छन्, चार्जीङ स्टेसन, पार्किङ लगायत कुराको उचित व्यवस्थापन हुनै प¥यो । उनले यो पहल गर्ने सम्भावना छदैछ । केही नयाँ गर्न चाहने सहजको अर्को योजना पनि छ । नेपालमा पछिल्लो समय हाइड्रोको विकास निकै भएको छ ।

हो, यी सबै हाइड्रोका लागि इन्गेजमेन्ट र म्यानुफेक्चरका काम नेपालीले गर्नुपर्छ । सहजको योजना पनि त्यहि छ । यो एउटा महत्त्वपूर्ण उपलब्धि हुन सक्ने उनको जिकिर छ । विशेष गरी आईटीमा काम गर्ने सहजको योजना । तर पनि उनको पर्यटन प्रवद्र्धनमा पनि उस्तै चाख छ ।

मेटल गीत सुन्ने उनी कुनै समय भारतीय कलेज लेभलको फिल्ड हक्कीमा परिचित उनी भारतमै रहँदा यु–१३ तहको फुटबल पनि खेल्ने गर्थे । यसै क्रममा उनले क्लब हिमालय, एम्बसडर होटेलका मालिक योगेन्द्र शाक्यसँग उही कलेजमै भेट्ने अवसर पाएका थिए ।

फाइनमा उनी तत्कालीन भारतीय वित्त मन्त्री लालकृष्ण आडवानीबाट पुरस्कृत पनि भइसकेका छन् । यी नै भर्सटाइल व्यक्तित्व सजलको पारिवारिक पृष्ठभूमि गर्विलो छ । ठुलो बुवा मोहनकृष्ण श्रेष्ठ कूटनैतिक क्षेत्रका परिचित व्यक्तित्व छ । त्यसै खाले, व्यक्तित्व बाबु उदय मोहन श्रेष्ठ । उनीमा अध्ययन छ र अनुभव पनि छ । केही गर्ने नयाँ सोच छ र जागर पनि छ । यसकारण उनी नेपालको आर्थिक विकासमा आफ्नो महत्त्वपूर्ण भूमिका हुन सक्नेमा विश्वस्त छन् । जापानमा काम गर्ने अवसर नेपाली युवाले छाड्न नहुने उनको विचार छ ।

अरू सस्तो तलब पाउने देश भन्दा बढी तलब पाउनुका साथै अन्य व्यापार पनि सिक्ने मौका पाइने बताउँदै उनी भन्छन्, ‘एआइ, आइओटी, बिग डाटा जस्ता नयाँ प्रविधिमा युवालाई सरकारले सहयोग गर्नुपर्छ । ’अन्तरिक्षमा प्रतिस्पर्धाको जमाना आइ सकेपछि नेपाल पनि अघि बढ्नु पर्ने बताउँदै उनी संसार खुल्ला आकाश भएको र यसमा सबैको बराबर अवसर हुने कुरामा जोड दिन्छन् ।

फोटो, सुविर थापा

प्रतिक्रिया दिनुहोस्