Logo
बुधबार, २७ कार्तिक २०७६
(Wednesday 13th November 2019)

कागेश्वरी नगरपालिकामा मेलाको भव्य तयारी



कागेश्वरी महा मेलामा सहभागी बनौँ,आन्तरिक तथा बाह्य पर्यटनको विकासमा सहयोग गरो, ’ भन्ने नाराका साथ काठमाडौँ मनोहरा नगरपालिका १ गागलफेदीमा रहेको कागेश्वरी महादेव मन्दिरमा मेला लाग्ने भएको छ । कागे अष्टमीका दिन लाग्ने मेला तिन दिनसम्म सञ्चालन हुने छ ।


२० गते कागे अष्टमी भए पनि १९ देखि २१ गतेसम्म विभिन्न कार्यक्रम सहित मेला मनाइने भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर तथा कार्यक्रम आयोजक मूल व्यवस्थापन कमिटीका संयोजक कृष्ण हरि थापाले मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न लागेको जानकारी दिए ।

पहिलो दिन कवि गोष्ठीको आयोजना हुने छ भने दोस्रो दिन पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यमा कागेश्वरी महादेव मन्दिर मेलाको उद्घाटन हुने छ । तेस्रो दिन सरसफाइ कार्यक्रम आयोजना हुने मेला मूल आयोजक कमिटीका संयोजक तथा वडा नं एकका वडा अध्यक्ष मुकुन्द गजुरेलले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्