खराब ऋणीको संख्या साढे आठ हजार बढि, पाँच वर्षमा ४ लाख भन्दा बढिले बैंकबाट ऋण लिए



काठमाण्डौं । आर्थिक वर्ष २०७५, ७६ को अन्त्यमा बैंकको ऋण नतिर्नेको संख्या हवात्तै बढेको छ । पछिल्लो तथ्यांक अनुसार खराब ऋणीको संख्या साढे आठ हजार बढि पुगेको हो । बैंकहरुको ऋण नर्तिनेको संख्या नौ हजार पुग्न सक्ने पनि राष्ट्र बैंकले जनाएको छ ।

गत असार मसान्तसम्ममा कालो सूचीमा ऋणीको संख्या ८ हजार ६ सय २० रहेको राष्ट्र बैंकले जनाएको हो । आर्थिक वर्ष २०७५, ७६ मा मात्रै २ हजार ८ सय ४२ ऋणी कालो सूचीमा थपिएका छन् । गत वर्ष ६ सय २८ मात्रै ऋणी कालो सूचीबाट हटेको बैंकले उल्लेख गरेको छ । बैंक तथा वित्तिय संस्थामा १४ लाख ३९ हजार ६ सय ४८ ऋणमा रहेको पनि राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तिय संस्थाबाट ऋण लिने ऋणीको संख्या बर्षेनी बढदै गएको राष्ट्र बैंकले जारी गरेको गत वर्षको आर्थिक तथा वित्तिय स्थितीको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो पाँच वर्षमा ४ लाख भन्दा बढिले बैंकबाट ऋण लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्