राजपा र समाजवादी एकीकरण महतोको बरीयतामा अल्झियो



समाजवादी पार्टी र राजपा नेपाल बिच एकताका लागि बसेको पहिलो औपचारिक बैठकमा समाजवादी पार्टीले एकीकरण प्रस्ताव पेस गरेको छ । भट्टराई र यादव पछि महतोलाई वरीयता क्रममा राख्ने राजपाको प्रस्ताव भए पनि समाजवादीले अशोक राई पछि महतोलाई राखेको जनाइएको छ । महन्त ठाकुरलाई मानार्थ अध्यक्ष राख्ने राजपाको प्रस्तावलाई भने समाजवादीले स्वीकार गरेको छ ।
राजपाका तर्फबाट वार्ता समितिका संयोजक राजेन्द्र महतोले पार्टीमा छलफल गरेर एक सातामा जवाफ दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्