कांग्रेसको केन्द्रिय समिती बैठक सम्पन्न



प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय समिति बैठक सकिएको छ । दुई महिनासम्म चलेको बैठक बुधवार सकिएको हो । बैठकमा महामन्त्री पूर्ण बहादुर खड्काले २२ असारमा प्रस्तुत गरेको एजेन्डा माथि छलफल भएको थियो । १४ एजेन्डा पारित भएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । काँग्रेसले २४ भदौ देखि चलाउने जागरण अभियान प्रभावकारी बनाउने निर्णय गरेको छ ।
सबै जिल्लामा सङ्घीय संरचना अनुसार सङ्गठन समायोजन गर्ने सहमति पनि बैठकमा भएको छ ।काँग्रेसले अन्तरिम सङ्गठन कार्यविधि बनाएर संरचना तयार गरेको हो । बैठकमा भातृ सस्थाहरुको अधिवेशनका विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्