राजा महेन्द्रको सपना जुम्लाको भेडा फम देखेपछि कर्णालीकी कृषि मन्त्रीको बन्यो यस्तो योजना



जुम्ला । कर्णाली प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहरकारी मन्त्री विमला केसीले निकै पुरानो जुम्लाको गुठीचौरमा रहेको भेडा फमको अवलोकन गरेकी छिन् । २०१९ सालमा तत्कालिन राजा महेन्द्र शाहले सुरु गरेको भेडा फमको मन्त्री केसीले अवलोकन गरेकी हुन् । २०१९ सालमा सुरु गरिएको र हाल पनि जसोतसो सञ्चालनमा रहेको भेडा फमलाई कर्णाली प्रदेश सरकारले पुनः व्यवस्थित गर्ने उदेश्यले निरिक्षण गरिएको मन्त्री केसीले बताईन् ।

जुम्ला गुठीचौरको भेडा फमको सम्पुर्ण अवस्था वुझेर कर्णाली सरकारले विशेष योजना र कार्यक्रम बनाई बजेट छुट्टाउने समेत उनको भनाई छ । संघीय सरकारको मातहतमा रहेको यो फम संघीय कृषि मन्त्रालयको अगुवाइमा प्रदेश सरकारको सहकार्यमा भेडा फमलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने समेत केसीले प्रतिवद्धता जनाइन् । कुनै समयको निकै चर्चित र पर्यटनको प्रचुर संभावना रहेको जुम्लाको गुठीचौरको भेडा फम विकास र विस्तार हुनेमा आश्वस्त हुन पनि उनले सवैलाई आग्रह गरिन् ।

विस्तारै किम्वदन्ती जस्तै बन्दै गएको जुम्लाको भेडा फमलाई विस्तार र व्यवस्थित गर्न सके टुरिजम विकासमा निकै सहयोग पुग्ने निश्चित छ । चरनका लागि प्रशस्त ठुला ठुला हरिया घाँसे फाँट रहेकाले पनि तत्कालिन राजा महेन्द्रले जुम्लालाई भेडा पालनको रुपमा विकास गर्न खोजेको प्रष्ट हुन्छ । साना ठुला गरी अझै पनि जुम्लावासीले दुई चार वटा भेडा फम जसोतसो सञ्चालन गरिरहेका छन् ।

इतिहास बोकेको र भेडा पालन व्यवसायीक रुपमा समेत फलदायी मानिएको व्यवसायलाई उपेक्षा गर्नु दुःखद रहेको जुम्लावासीको गुनासो छ । राज्यबाट सहयोग सुविधा पाए अझै पनि जुम्लाले भेडा व्यवसायमा फड्को मार्ने उनीहरुको विश्वास छ । उनीहरु भन्छन, सरकारले हेर्दिनु पर्छ, वेवास्था गर्नु भएन ।

तर, वेवास्थामा परेको भेडा फम अवलोकन गर्न कृषि मन्त्री केसी गुठीचौर पुगेपछि त्यहाँका स्थानीय निकै आशावादी भने देखिएका छन् । कर्णालीका अन्य भेडा फमलाई व्यवस्थित गर्न सके कर्णाली प्रदेशलाई दरो आयस्रोत हुने निश्चित छ ।  गुठीचौरको भेडा फम देखेपछि कृषि मन्त्री केसीको मनमा जुम्लालाई भेडा उत्पादनको हव बनाउने योजना समेत पलाएको छ । यसो गरियो भने, भेडा फम विशेष जिल्ला जुम्ला बन्ने उनको वुझाई छ ।

साथै विकासको दृष्टिकोणले निकै पछाडी रहेपनि ठुला फाँट सुन्दर चम्किला हिमालका चुचुरा, सुन्दर तालका साथै मनमोहक अनगिन्ती प्राकृतिक नदिहरु यसै जिल्लामा पर्छ । नेपाली भाषा र संस्कृतीको उद्गमस्थल जुम्लालाई हरेक कोणबाट पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिने प्राकृतिको उपहारबाटै छर्लगं हुन्छ । मध्यकालिन युगमा भने जुम्ला संवृद्ध र शक्तिशाली रुपमा रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्