मानव बेचविखन ओसारपसारविरुद्धको १३ औं राष्ट्रिय दिवस नयाँ बानेश्वरमा पनि मनाईयो



 

काठमाण्डौं । मानव बेचविखन ओसारपसारविरुद्धको १३ औं राष्ट्रिय दिवस काठमाण्डौंको नयाँ बानेश्वरमा पनि मनाईएको छ । महानगरीय प्रहरी वृत्त, सामुदायिक प्रहरी सेवा केन्द्र नयाँ वानेश्वरको आयोजनामा विभिन्न पार्टी, संघ संस्था, विद्यालय, व्यवसायमा आवद्ध व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

दिवसका सन्दर्भमा आयोजित कोणसभामा बोल्दै काठमाण्डौं क्षेत्र नम्वर १ का प्रदेश सभा सांसद दिपेन्द्र श्रेष्ठले मानव बेचविखन ओसारपसार रोक्न सुरक्षा निकायका साथै जनप्रतिनिधिको सहकार्य महत्वपुर्ण हुने बताए । उनले यस्ता विकृती अन्त्यका लागि सवैको साथ हुनुपर्नेमा समेत जोड दिए ।

जनचेतनाले नै यस्ता विकृतीको निराकरण हुने उनको भनाई थियो । कार्यक्रममा ठुलो संख्यामा विद्यार्थीको पनि सहभागिता रहेको थियो । कार्यक्रममा प्रहरी विद्यालय सम्पर्क समितिको पनि सहकार्य रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्