नेपालगञ्ज उपमहानरपालिकाको छानविन समिति स्विकार्य नहुने कर्णाली प्रदेशका सांसद रेग्मीको चेतावनी



दैलेख । दैलेखबाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशका प्रदेशसभा सांसद धर्मराज रेग्मीले गाई ओसारपसार तथा हत्या प्रकरणका आरोपित नेपालगञ्ज उपमहानरपालिकाको छानविन समिति स्विकार्य नहुने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमार्फत सांसद रेग्मीले ओरोपितको छानविन औचित्यहिन र ग्राहय प्रमाण हुन नसक्ने दाबी गरेका छन् ।

समाचारमा आए जस्तो दैलेखका किसानलाई नेपालगञ्जका छाडा गाई वितरण गर्न लगिएको भन्ने पनि निन्दनीय भएको उनको भनाई छ । सांसद रेग्मीले नेपालगञ्ज उपमहानरपालिकाको व्यवहार र शैली गाईको व्यापार गर्न खोजेको हो कि भन्ने आशंका उब्जिएको समेत जिकिर गरेका छन् ।

उनले सुर्खेत गाई ओसारपसार तथा हत्या प्रकरणका वारेमा निश्पक्ष छानविन गरि दोषीलाई हदैसम्मको कार्बाही गर्न समेत माग गरेका छन् ।

गाई ओसारपसार तथा हत्या प्रकरण सम्बन्धमा ।

१, कसुरमा आरोपित नेपालगन्ज उपमहानगरपालिकाले पो समिती बनाएर छानबिन गर्दै छ रे, त्यो समिति दैलेख पुगेर छानबिन नि गरेछ। आरोपित निकाएको छानबिन औचित्यहिन छ र यो ग्राहय प्रमाण होइन।

२, सडकमा छाडा छोडेका गाई किसानलाई बितरण गर्न दैलेख लगिएको कुरो समाचारमा आए जस्तो सत्य हो भने त्यो निन्दनीय कार्य हो ।

३, स्पष्टीकरण नेपालगन्जबाट आउनुपर्ने हो त्यो भन्दा बढी दैलेखतिरबाट पो आउदै छ, यसको अर्थ के लगाउने।

४, स्थानीय तहले गाई बितरण गरेर पुन्य कमाउन मात्रै खोजेको होकि द्रब्य पनि हो ।
५, गाई ओसारपसारमा भएजस्तो छरितो पत्र व्यवहार नेपालगन्जदेखि दैलेखसम्म हमेशा भएको भए सरकारी कामले साच्चै गति लिदो हो।

प्रतिक्रिया दिनुहोस्