युरोप क्षेत्रीय सह संयोजकमा शुक्र न्यौपानेको उम्मेदवारी



गैर आवासीय नेपाली सङ्घ(एनआरएनए)को युरोप क्षेत्रीय सह संयोजकमा शुक्र न्यौपाने उम्मेदवारी घोषणा गरेका छन् । आगामी १५ देखि १७ अक्टोबरसम्म काठमाडौँमा हुने सम्मेलनमा आयरल्यान्डबाट उनले उम्मेदवारी दिन लागेका हुन् । सन् २००९ देखि २०११ सम्म आयरल्यान्डको अध्यक्ष रहेका उनी अहिले गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समिति अन्तरगत टुरिजम प्रदर्शन समितिका सदस्य एवं एनआरएनए आयरल्यान्डका संरक्षक छन् ।
पोखरा महानगरपालिका बैदामका उनी विगत ६ वर्ष देखि आयरल्यान्डमा रहँदै आएका छन् । उनको होटेल व्यवसाय र अपार्टमेन्टमा लगानी रहेको छ । पोखराको बैदाममा रहेको बाराही उच्च माध्यमिक विद्यालयको व्यवस्थापन समितिको उपाध्यक्ष,पोखरा साइबर एसोसिएसनका संस्थापक एवं उपाध्यक्षको रूपमा उनले सामाजिक क्षेत्रमा अनुभव बटुली सकेका छन् ।
कोर्क नेपाली समाज,लिमेरिक्क नेपाली समाज र गैर आवासीय नेपाली सङ्घको स्थापनामा समेत उनको महत्त्वपूर्ण भूमिका रहेको जनाइन्छ । उनको उम्मेदवारीका कारण युरोपका अन्य एनआरएन अधिकारी पनि उत्साहित भएको जनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्