वर्ल्ड ब्रोडकास्टिङ कर्पोरेशन प्रालीको प्रदेश पाँचको प्रमुखमा श्रेष्ठ नियुक्त



काठमाण्डौं । वर्ल्ड ब्रोडकास्टिङ कर्पोरेशन प्रालीको प्रशारण संस्करणको प्रदेश पाँचको प्रमुखमा अर्चित श्रेष्ठ नियुक्त भएका छन् । तिलोत्तमा १५ रुपन्देही निवासी श्रेष्ठलाई वर्ल्ड ब्रोडकास्टिङ कर्पोरेशन प्रालीले प्रदेश पाँचको प्रमुखमा नियुक्त गरेको हो ।

। श्रेष्ठ लामो समयदेखि निरन्तर व्यवसाय तथा समाजसेवामा कृयाशिल छन् । श्रेष्ठले लाइन्स ल्कवको विभिन्न पदमा बसेर सक्रिय समाजसेवा गर्दै आएका छन् ।

भैरहवाका स्थायीवासी श्रेष्ठ शिक्षा, कम्युनिकेशन, कृषि लगायतको व्यवसायमा आवद्ध छन् । वर्ल्ड ब्रोडकास्टिङ कर्पोरेशन प्रालीको प्रशारणको ३ संस्करण मध्ये काठमाण्डौं टेलिभिजन अनलाइनका साथै भिडियो संस्करण सञ्चालनमा आइसकेको छ भने अन्य संस्करण प्रशारणको तयारीमा रहेको छ ।

वर्ल्ड ब्रोडकास्टिङ कर्पोरेशन प्रालीको सवै संस्करण प्रशारण प्रविधिमा हुनेछ । वर्ल्ड ब्रोडकास्टिङ कर्पोरेशन प्रालीको प्रशारण संस्करणमा आवद्ध भएका श्रेष्ठलाई सफल कार्यकालको हार्दिक शुभकामना ।

प्रतिक्रिया दिनुहोस्