भारतमा अचम्मको घटना, ७३ वर्षमा बनिन्, जुम्ल्याहा बच्चाकी आमा



भारत आन्द्र प्रदेशकी एक महिलाले ७३ वर्षको उमेरमा जुम्ल्याहा बच्चा जन्माएकी छिन् । यरामती मंयायम्माले बुधवार अपरेसनको माध्यमबाट जुम्ल्याहा बच्चालाई जन्म दिइन् । अहिले आमा र दुवै बच्चाको स्वास्थ्य अवस्था ठिक भए पनि २१ दिनसम्म चिकित्सकको निगरानीमा राख्ने जनाइएको छ । यो नै विश्वमै सबैभन्दा बढी उमेरमा जुम्ल्याहा बच्चा जन्माउने कीर्तिमान रहेको अनुमान गरिएको छ । सन् २००६ मा ६६ वर्षको उमेरमा स्पेनकी मोरिया डेल कार्मेन बाउसाड लाराको नाममा यो कीर्तिमान रहेको जनाइन्छ ।
भारतकै ओनकारी पानवरले यो कीर्तिमान राखेको बताउनेको सङ्ख्या पनि कम छैन । पानवरले सन् २००७ मा जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् । मंयायम्मका श्रीमान् सिताराम राजारावले चिकित्सकको सल्लाहले यो सम्भव भएको बताए । उनीहरूको विवाह २२ मार्च १९६२ मा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्