जिम्बाबेका पूर्व राष्ट्रपति मुगावेको निधन



जिम्बाबेमा झण्डै दुई दशक लामो समय शाषन गरेका पूर्व राष्ट्रपती रोवर्ट मुगावेको ९५ वर्षको उमेरमा निधन भएको छ । सिंगापुरमा उपचार गराइरहेका उनको शुक्रबार बिहान निधन भएको हो । मुगावे लामो समय देखि सिंगापुरमा उपचार गराइरहेका थिए । मुगावे सन् १९८७ देखि २०१७ जिम्बाबेका राष्ट्रपती बनेका थिए । सन् १९८० देखि १९८७ सम्म उनी प्रधानमन्त्री थिए । सन् सन् २०१७ मा मुगावे सत्ताच्युत हुदै शैन्य शाषन सुरु भएको थियो ।
विवादास्पद छवी भएका उनले श्रीमती ग्रेस मुगावेलाई उत्तराधीकारी बनाउन खोजे पछि उनको व्यापक आलोचना भएको थियो । यसकारण उनलाई आफ्नै दल जानु पिएएफले सत्ताबाट बर्खास्त गरेको थियो । सन् २०१७ मा उपराष्ट्रपती इमरसन मांगाग्वालाई पदच्युत गरे पछि उनको पनि आरोलो लाग्ने दिनको सुरुवात भएको थियो । सन् २०१४ मा पार्टीको महिला विभाग प्रमुख ग्रेस मुगावे उपराष्ट्रपतीको सिफारिसमा परेकी थिइन् । टाइपिस्टको रुपमा काम गर्ने कमर्चारी ग्रेससंग मुगावेले सन् १९९६ मा विवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्