पोखरामा बढ्दो डेंगुको सङ्क्रमण



सङ्क्रमण घटाउन उपाय अवलम्बन गर्नुका बाबजुद पोखरामा डेंगुको समस्या बढी नै रहेको छ । पछिल्लो समय पोखरामा एडिज एजिप्टाइ र एडिज एल्बो पिकस जातीको लामखुट्टेको लार्भा र प्युपा जलाएर नष्ट गर्ने अभियान चलाइए पनि पछिल्लो एक महिनामा डेंगुको सङ्क्रमण ७ सय ९१ जनामा देखिएको छ । यो सरकारी तथ्याङ्क भए पनि १ हजार १ सयको हाराहारीमा यसको सङ्क्रमण रहेको अनुमान गरिएको छ ।
पोखरा मात्र होइन, अन्नपूर्ण,मादी, रुपा र माछापुच्छ्रे«मा समेत डेंगुको समस्या बढ्दो छ । पोखरा महानगरपालिकामा भने ३३ मध्य ३२ वडामा यसको सङ्क्रमण देखिएको छ ।
पोखरा नगरपालिकाका ८ र ९ वडा सबैभन्दा बढी डेंगुको सङ्क्रमणबाट प्रभावित छन् ।

प्रतिक्रिया दिनुहोस्