स्पेनमा गुरुङ र कोइराला बिच प्रतिस्पर्धा



एनआरएनए स्पेनको छैटौँ साधारण सभामा दिनेश गुरुङ र पेशल कोइराला अध्यक्षका उम्मेदवार भएका छन् । अध्यक्षमा उम्मेदवार भएका गुरुङ पूर्व महासचिव हुन् । यसै गरी, ,कोइराला वर्तमान उपाध्यक्ष हुन् । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति सदस्यमा दुई पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । वर्तमान उपाध्यक्ष सुनिल रानाभाट,पूर्व उपाध्यक्ष प्रकाश तीमल्सीना र चिन्तामणि सापकोटा उम्मेदवार छन् ।
दुई खुल्ला उपाध्यक्षका लागि उत्तर कुमार राई, दिनेश गिरि र सनु राउतबिच प्रतिस्पर्धा हुने छ । एक क्षेत्रीय उपाध्यक्षका लागि राम प्रसाद दाहाल र तुलसी गुरुङ उम्मेदवार छन् । महासचिव पदका लागि उमराज ढकाल र विनय अधिकारी उम्मेदवार छन् । दुई खुल्ला सचिव पदका लागि ध्रुव भट्ट,भुवन कटुवाल,दुर्गा प्रसाद घिमिरे र रवि पुडासैनी उम्मेदवार रहेका छन् । भट्ट मार्सल आर्टका परिचित व्यक्तित्व हुन् । साथै उनी चितवन समाज स्पेनको खेलकुद विभाग प्रमुख हुन् ।
क्षेत्रीय समिति पाइस्भास्कोबाट महानारायण चौधरी र राजेन्द्र सेढाइ उम्मेदवार रहेका छन् । आरक्षण महिलामा लोक दोहोरी गायिका सुमित्रा सापकोटा निर्वाचित भइन् । क्षेत्रगत सचिवमा म्याड्रिडका मेघनाथ ढकाल र ग्रानक्यानरियाबाट दीपेन्द्र श्रेष्ठ निर्विरोध भए ।
कोषाध्यक्षमा गोविन्द तीमल्सीना र शान्त बहादुर क्षेत्री उम्मेदवार छन् । सह कोषाध्यक्षमा शान्ता राणा र महन्त महर्जन उम्मेदवार छन् । महिला संयोजकमा मौसमी गुरुङ र पार्वती वली उम्मेदवार छन् । गुरुङ परिचित गायिका हुन् । ६ सदस्यका लागि १० जना उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्