कार्तिकमा बुढानिलकण्ठ धार्मिक महोत्सव, चर्चित पण्डित पोखरेलद्धारा श्रीमद्भागवत महापुराण वाचन



काठमाण्डौं । काठमाण्डौंको बुढानिलकण्ठमा बुढानिलकण्ठ आध्यात्मिक महोत्सव हुने भएको छ । राष्ट्रिय परोपकार गौरव आधारसिला समितिले आयोजना गर्न लागेको बुढानिलकण्ठ आध्यात्मिक महोत्सवमा चर्चित पण्डित दिनबन्धु पोखरेलले श्रीमद्भागवत महापुराण वाचन गर्नेछन् ।

बुढानिलकण्ठमा पण्डित पोखरेलको उपस्थितीमा महोत्सव तयारीका सन्दर्भमा बृहत छलफल भएको छ । छलफलमा बुढानिलकण्ठ नगरपालिकामाभित्र सक्रिय विभिन्न संघ संस्थाका प्रतिनिधी सहभागि थिए ।

छलफलमा सुप्रसिद्ध वाचक पण्डित पोखरेलले हिन्दु धर्म, कला संस्कृती रक्षाका लागि बुढानिलकण्ठ आध्यात्मिक महोत्सव निकै फलदायी हुने बताए ।

उनले बुढानिलकण्ठ क्षेत्रका सवै जनप्रतिनिधि, स्थानीय निकाय, संघसंस्थाका साथै सरोकार निकायलाई समेट्न आयोजक संस्थालाई आग्रह गरे । सर्वपक्षिय उपस्थितीले हिन्दु धर्म, नेपाली कला संस्कृती रक्षाका लागि थप बल पुग्ने उनको धारणा थियो ।

सप्ताहव्यापी महोत्सवको आयोजक संस्थाकी अध्यक्ष मुना कुँवर आरोहीले धर्म संस्कृती रक्षाका साथै बुढानिलकण्ठ मन्दिर जिर्णोद्धार लगायत अन्य सामाजिक कार्य गर्ने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको बताइन् ।

त्यस्तै उनले यसपटक आध्यात्मिक महोत्सव काठमाण्डौंको बुढानिलकण्ठमा गरिए पनि देशका अन्य स्थानमा गर्दै जाने पनि जानकारी दिइन् ।

त्यस्तै महोत्सव आयोजक तदर्थ समितिका अध्यक्ष व्यवसायी, समाजसेवी मोहन खड्काले हिन्दु धर्म रक्षाका साथै बुढानिलकण्ठ र बुढानिलकण्ठ मन्दिरलाई देशविदेशमा चिनाउने उदेश्यले धार्मिक महोत्वस गर्न लागिएको बताए ।

साथै उनले बुढानिलकण्ठ नगरपालिकाका साथै अन्य सरोकार निकायको साथमा यस्तो धार्मिक महोत्वस गर्न लागेको बताए । प्रचारपसार जिर्णोद्धारका साथै बुढानिलकण्ठ मन्दिरलाई विश्वभर चिनाउन सहयोग पुग्ने खड्का भनाई थियो । देश विदेशका अन्य स्थानमा पनि यस्तो धार्मिक महोत्वस गर्दै जाने पनि उनले बताए ।

बुढानिलकण्ठ धार्मिक महोत्सव कार्तिक २ गते शनिवार सुरु भई कार्तिक ९ गते शनिवार समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्