शान्ति सम्झौताबाट पछि हटे ट्रम्प



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालीवानसंगको शान्ति सम्झौताबाट पछि हट्ने सङ्केत दिएका छन् । ट्रम्पले ट्विट गर्दै क्याम्प डेविडमा तालीवानी नेता र अफगानी राष्ट्रपतिसँगको एक गोप्य बैठकमा भाग लिने कार्यक्रम समेत रद्द गरेको जानकारी दिएका छन् । उनले काबुलमा भएको बम विस्फोटमा अमेरिकी सेना सहित १२ जनाको मृत्यु भए पछि यो कदम चालेका हुन् । तालीवानले सो हमलाको जिम्मेवारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्