ट्रयाक्टर घर भित्रै छिरे पछि बालकको मृत्यु



मदिरा सेवन गरी ट्रयाक्टर चलाए पछि दाङमा एउटा डरलाग्दो घटना भएको छ । चालकले मदिरा सेवन गरी चलाएको ट्रयाक्टर घर भित्र छिरे पछि तुलसीपुर उपमहानगरपालिका वडा नं ६ भगवती टोल निवासी अनिल विकको मृत्यु भएको हो । मृतक विक स्थानीय डिभाइन टेम्पल बोर्डिङ स्कुलमा सात कक्षामा अध्ययनरत थिए ।
घाइते भएपछि अस्पताल लगिएका विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शनिवार बेलुका ८ बजे मृत्यु भएको हो । दिदी भाइ एकै ठाउँमा खेलिरहेको अवस्थामा घटना हुनु भन्दा ३० सेकेन्ड अघि मात्र उनकी दिदी भान्सामा ग्यास निभाउन गएकी कारण बचेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्