लोकसेवा आयोग अध्यक्षले लिए शपथ



प्रदेश दुईमा लोकसेवा आयोगका अध्यक्ष नियुक्त सुरेन्द्र प्रसाद यादवले पद तथा गोपनीयताको शपथ गरेका छन् । जनकपुरधामको मधेस भवन स्थित कभर्डहलमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले अध्यक्ष यादवलाई शपथ गराएका हुन् । मुख्यमन्त्री लाल बहादुर राउतको अध्यक्षतामा रहको सिफारिस समितिले यादवलाई केही दिन अघि सिफारिस गरेको थियो ।
समितिका सभामुख सरोज कुमार यादव र प्रमुख प्रतिपक्षी दलका नेता सत्य नारायण मण्डल सदस्य छन् । अध्यक्ष यादव सिराहा औरही नगरपालिका ५ का स्थायी बासिन्दा हुन् । उनले २९ वर्ष सिराहा क्याम्पसमा पढाएका थिए । समारोहमा मुख्यमन्त्री लाल बहादुर राउत,भौतिक पूर्वाधार निर्माण मन्त्री जितेन्द्र सोनाल,सभामुख यादव र काँग्रेस संसदीय दलका नेता राम सरोज यादव लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्