थारुको मागमा प्रचण्ड सकारात्मक



नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड’ले थारु समुदायको माग सम्बोधनमा लागि आफू तयार रहेको बताएका छन् । थारु कल्याणकारी सभाको ज्ञापनपत्र बुझ्दै उनले प्रचण्डले थारुहरूका माग सम्बोधनमा आफू सकारात्मक रहेको र प्रधानमन्त्री केपी ओलीसँग सल्लाह गरेर माग सम्बोधन गर्न पहल गर्ने बताए ।
नेपालको राजनीति परिवर्तनमा आदिवासी जनजातीको अभूतपूर्व योगदान रहेको चर्चा गर्दै प्रचण्डले ती समुदायको हित र अधिकार विना प्राप्त उपलब्धि संस्थागत हुन नसक्ने बताए । प्रचण्डले अन्य मागजस्तै मुद्दा फिर्ताको विषयमा आफू र प्रधानमन्त्री ओली बिच सल्लाह भए पनि निष्कर्षमा पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्