जापानको अध्यक्षमा भण्डारी निर्वाचित, महासचिवमा शाही र वरिष्ठ उपाध्यक्षमा गुरुङ



जापान । गैर आवासीय नेपाली संघ एनआरएनएको विश्वभर अधिवेशन भइरहेको छ । त्यस्तै अधिवशेनले नयाँ कार्यसमिति पनि चयन गरिरहेको छ । जापानको अध्यक्षमा भने देवीलाल भण्डारी निर्वाचित भएका छन् ।

त्यसैगरी महासचिवमा जनकविक्रम शाही निर्वाचित भएका छन भने वरिष्ठ उपाध्यक्षमा अनिता गुरुङ निर्वाचित भएकी छिन् ।

महिला उपाध्यक्षमा सविता श्रेष्ठ निर्विरोध भएकी छिन् । उपाध्यक्षद्धयमा लक्ष्मण बानियाँ र नारायण खड्का निर्विरोध निर्वाचित भएका छन् । आईसिसि सदस्यमा तुलसीराम खरेल र डण्डपानी कँडेल निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्