Logo
मङ्गलबार, २४ मङि्सर २०७६
(Tuesday 10th December 2019)

चिनियाँ विदेशमन्त्री वाङको तीन दिने नेपाल भ्रमण, ९ वटा आयोजनामा छलफल र संझौता



काठमाण्डौं । चिनियाँ विदेशमन्त्री वाङ तीन दिने नेपाल भ्रमणका क्रममा आज साझँ काठमाण्डौं आइपुगेका छन् । भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभका वारेमा विशेष छलफल र सहमति हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

रेल, सडक, उर्जा, पर्यटन लगायत ९ वटा आयोजना छलफल र संझौताका लागि योजना तयार भएको पनि मन्त्रालयले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणको तयारी स्वरुप विदेश मन्त्री वाङको नेपाल भ्रमण भएको विश्लेषण गरिएको छ ।

नेपालले छनोट गरेका ९ आयोजनाअन्तर्गत गल्छी–रसुवागढी–केरुङ ४ सय केभी ट्रान्समिसन लाइन, ७६२ मेगावाटको तमोर जलविद्युत आयोजना, ४६२ मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना, केरुङ काठमाण्डौं रेल, मदन भण्डारी टेक्निकल इन्स्च्यिुट लगायत छन् ।

युरेसिया क्षेत्र, दक्षिणपूर्व, दक्षिण तथा पश्चिम एसिया, अफ्रिका र ल्याटिन अमेरिकालाई समुद्री सतह तथा सडक मार्गसँग जोड्ने बीरआआईबाट लाभ लिन सक्ने चएपनि नेपालले ठोस नीति र पहल लिन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्