नेपाल र चीनको परराष्ट्र मन्त्री स्तरीय वार्ता सुरु



नेपाल चीन परराष्ट्र स्तरीय वार्ता सुरु भएको छ । सोमबार दिउँसो साढे तीन बजे होटेल याक एन्ड यतीमा वार्ता सुरु भएको हो । वार्तामा नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरेका छन् । जारी वार्तामा नेपालले चीनको सामु केरुङ काठमाडौँ रेलमार्ग अनुदानमा बनाइदिन माग गर्ने भएको छ । राष्ट्रपति सी चिनफीङको नेपाल भ्रमणको तयारीका लागि नेपाल आएका विदेश मन्त्री वाङयीसंग सोमबार हुने भेटवार्ताको क्रममा सो प्रस्ताव राखिने तयारी भएको हो ।

तिन दिने नेपाल भ्रमणको क्रममा आइतबार आइपुगेका विदेश मन्त्री वाङले सोमबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नु पूर्व दिउसो परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग भेटेका हुन् । चीनले यसअघि बेल्ट एन्ड रोड इनिसियेटिभको प्रस्ताव राखेको थियो । यस अन्तरगत चीनको सफ्ट लोन र नेपालको लगानीमा परियोजना निर्माण गरिने छ । नेपालले भने अनुदानको अपेक्षा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्