झापाको गौरादह र बिर्तामोडमा शक्तिशाली बम विष्फोट, शान्ति सुरक्षाको अवस्था कडा



झापा । झापाको गौरादह र बिर्तामोडमा अज्ञात समुहले शक्तिशाली बम विष्फोट गराएको छ । विष्फोटबाट गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र चढ्ने गाडीमा क्षति पुगेको छ । यस्तै बिर्तामोडस्थित सहकारी संस्थाको नवनिर्मित भवनमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले बताए ।

विष्फोटले नगरपाकिाको बा २ झ २५७० नम्वरको जिप पूर्ण रुपमा क्षति भएको छ । यता, बिर्तामोड नगरपालिका २ चारपानेमा रहेको सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा विष्फोट भएको हो ।

बम विष्फोटबाट साहारा नेपालको गेट, गार्ड रुम, भवनको सिसा फुटेको पनि श्रेष्ठले बताए । विष्फोटपछि त्यहाँको शान्ति सुरक्षाको अवस्था कडा बनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्