‘ राजतन्त्र ब्युँतने चिहानबाट भूतप्रेत ब्युँतनु जस्तै’,प्रचण्ड



नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान शासन व्यवस्था प्रति प्रतिक्रान्तिको गन्ध आइरहेको बताएका छन् । परिवर्तनकारी शक्ति र तिनको नेतृत्वलाई बदनाम गर्न प्रचार भइरहेको पनि उनले बताए । २१ औ सुरेश वाग्ले स्मृति दिवसमा धुमबाराहीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रम प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने र जनताको अपेक्षा अनुसार परिणाम दिने गरी काम गर्नु पर्ने आवश्यकता औँल्याए ।

प्रचण्डले आन्दोलनलाई बदनाम गर्ने र हिजोका सामन्त र अत्याचारीलाई कहीँ न कहीँ स्थापित गर्ने षडयन्त्र भएको बताए । उनले कम्युनिस्ट पार्टीमा विचलन आएको पनि बताए । उनले राजतन्त्र ब्युँतने भनेको चिहानबाट भूतप्रेत ब्युँतने जस्तै भएको बताए ।

प्रतिक्रिया दिनुहोस्