नेताको काम कसले गर्ने त यसो हुँदा ?



भिम उपाध्याय, पूर्व प्रशासक

नेपालमा मन्त्रीहरू पसल बन्द गर्न, सिल लगाउन, विजुली वा टेलिफोनको लाईन काट्न किन आफै हौसिन्छन् ? के मन्त्री यस्तै तेारिलाउरे काममा अल्झिरहन हो ? अनि मन्त्रीको काम के सचिव, सहसचिव वा उपसचिवले गरिदिने हो? मन्त्रीको काम छापा मार्दै हिड्ने हैन, त्यो सम्बन्धित विभागका प्रमूखले गर्ने हो । तिनीहरूले काम गरे नगरेको अनुगमन मुल्यॉकन रिपोर्टिंग लिने हो । सरकार कसरी चलाउने भन्ने बारेमा अधिकंस आलाकॉचा मन्त्रीहरू गवॉर हुन्छन् र तिनलाई सचिव र डिजीले आँट गरेर सिकाईरहनु पर्ने हुन्छ ।

तर, अधिकांस मन्त्रीहरू मै सर्वेसर्वा हुँ भन्ने भ्रममा पर्ने गर्छन् र जथाभावी गर्न हौसिने हुनाले किन छुच्चो बन्ने भनेर मातहतका कर्मचारी मौन बसिदिन्छन् र मन्रीहरू हॉसोका पात्र हुने गर्छन् । मन्त्रीहरूले मन्त्रालयको भिजन, दृष्टि, समस्या नबुझी बाहिरका उरन्ठेउला हितैषीको सल्लाह लागू गरेर आफूमात्र हैन मन्त्रालय र सरकारकै बेहाल बनाउने गर्छन् । यसमा त्यहॉका साहसी कर्मचारीले जति छुच्चो बन्न परे पनि बनेर देशहितका लागि मन्त्रीहरूलाई ट्र्याकमा राख्नै पर्छ। अहिले कर्मचारीले गर्न सक्ने ठूलो योगदानयस्तै हुन सक्छ भन्ने मेरो ठम्याइँ छ।

अमेरिकामा कुनै मान्छेले जिन्दगीभरि कमाएको धन उसको मृत्युपछि ८० प्रतिशत सरकारको हुन्छ भन्ने इन्हेरिटेन्ट कानुन (अपुताली)कानुन छ । यसकारण त्यहाँका मान्छेहरु कमाउछन् र मजाले खर्च गरेर जिवनको सुख भोग्छन् । मरेपछि उसको सन्तानले २० प्रतिशत भन्दा बढी अपुताली इन्हेरिटेन्स पाउदैनन् । त्यसैले धनि मानिसहरु फाउन्डेशन खोल्छन् , च्यारिटी दिन्छन्, त्यसमा दिएको रकम करमुक्त हुन्छ । मरेपछि सरकारमा जानुभन्दा आफ्नो नाममा खुलेको फाउन्डेशनले जनसेवा गरिरहोस् र नाम पनि रहिरहोस् भन्ने परम्परा छ । यी फाउन्डेशनहरु तिनकै सन्तान आफन्त वा नजिकका मान्छेहरूले नै संचालन गर्छन् र त्यस वापत लिन पाउने पारिश्रमिक पनि लिन्छन् ।

ईमानदार र क्रेडिबिलीटी भएको नेता भएमात्र जनताले पत्याउछन् । चुनावमा जि- हार, बहुमत-अल्पमत, सरकार बनाउने नबनाउने कुरा भनेको राजनीतिमा कुर्सिमा पुग्ने सामान्य तपसीलको खेल मात्र हो । तपसीलले मुलुकको दशा र दिशामा खासै फरक पार्दैन । संस्थागत प्रवन्ध लथालिंग भएको मुलुकमा राजनीतिमा क्रेडिबिलिटी भएको करिष्म्याटिक नेताबिना मुलुक रूपान्तरण हुदैन, भलै बहुमत वा दुईतिहाई वा तीनचौथाई वा सबै नै सांसदको सीट कुनै दलले जितेकै किन नहोस् ।

नेपालमा चुनाव सदाकाल हर्सोल्लास र धुमधामसंग शान्तिपूर्ण ढंगमा जात्राझैं सम्पन्न हुदै आएको छ। देश बनाउछु भन्नेले जनतालाई देश बनाउने अभियानमा चुनावताका देखिए जस्तो रौनक र सक्रियता कायम राख्न सक्छ कि सक्दैन, त्यसले निर्धारण गर्ने गर्छ । हैनभने जति प्राविधिक रूपले बलियो देखिएको सरकार भएपनि अनावश्यक घर्षण भएर शासन व्यवस्थामा कर्कश आवाज मात्र निस्कने हुन्छ । फोक्से मासु भएको निर्धो शरीरसरह हुन्छ ।

प्रतिक्रिया दिनुहोस्