पर्यटन मन्त्री योगेशले मासिक गोलमेच गर्ने



संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयसँग सरोकार राख्ने विषयमा गुनासा, सुझाव र परामर्शका लागि मासिक गोलमेच गर्ने तयारीमा उनी लागेका छन् । सरोकार वाला सबैको गुनासो सुन्न, परामर्श लिन र प्रभावकारी योजना बनाउन मासिक गोलमेचको आवश्यकता भएको उनले बताए ।
सबै पक्षलाई समेटेर अघि बढ्दा लक्षित कार्यक्रम सफल बनाउन सहयोग हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्