डा. रुइत पनि डेंगुले सङ्क्रमित



बढ्दै गएको डेंगुको सङ्क्रमणको कारण धेरै जना प्रभावित भएका छन् । पछिल्लो समय वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतमा पनि यो सङ्क्रमण देखिएको छ । नर्भिक अस्पतालमा डा.रुइत सहित यसै सङ्क्रमण भएका उनका दुई छोरीको उपचार भइरहेको छ ।
पछिल्लो तीन महिना देखि महामारीको रूपमा रहेको यो रोगका कारण ६ जनाको मृत्यु भइसकेको छ । ५८ जिल्लामा यो रोगको सङ्क्रमण देखिएको छ । कुल ७२ हजारको हाराहारीमा यसको सङ्क्रमण रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्