सहकर्मी कुटेको आरोपमा वडाध्यक्ष पक्राउ



आफ्नो सहकर्मी कुटेको आरोपमा वडा अध्यक्ष पक्राउ परेका छन् । छिमेकी वडा अध्यक्ष प्रहरीले चम्पादेवी गाउँपालिका ८ का वडा अध्यक्ष अजय लुइँटेल पक्राउ परेका छन् । लुइँटेलले ३० असारमा सोही गाउँपालिका वडा नं सातका अध्यक्ष सुरेश थापालाई कुटपिट गरेका थिए । थापाले मादक पदार्थ सेवन गरी लुइँटेलले आफूलाई कुटपिट गरेको भन्दै जाहेरी दिएका थिए । लुइँटेललाई आइतबार साँझ पक्राउ गरिएको हो ।
पीडितले आफूलाई बारम्बार धम्की आएको र ३० असारमा कार्यालयमै कुटपिट गरेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्