करुवामा लुकाइएको सुन बरामद



कतारबाट आउँदै गरेका एक जनाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब डेढ किलो सुन बरामद भएको छ । हिमालय एयरबाट आउँदै गरेका होम बहादुर गुरुङको साथबाट १४०० ग्राम सुन बरामद भएको हो । गुरुङले ल्याएको करुवा शङ्कास्पद लागेर प्रहरीले जाँच गर्दा सो सुन भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्