विप्लवको दलले लियो विस्फोटको जिम्मेवारी



नेत्र विक्रम चन्द नेतृत्वमा रहेको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले झापाको गौरा दह र बिर्तामोडमा भएको विस्फोटको जिम्मेवारी लिएको छ । जिल्ला सेक्रेटरी मनिषले झापामै रहेका सञ्चारकर्मीलाई फोन गर्दै यसको जिम्मेवारी लिएका हुन् ।
जनप्रतिनिधि , सहकारी र कर्मचारीले जनताको पैसामा मोज मस्ती गरेका कारागार जनताकै माग बमोजिम सहकारी भवनलाई लक्षित गर्दै बम विस्फोट गराइएको उनले जनाए । जनप्रतिनिधिले भ्रष्टाचार गरेको तथा सहकारीले पन जनताको पैसामा आफूले रजाइँ गरेको कारण जनाउँदै विस्फोट गराएको विप्लव कार्यकर्ता मनिषले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्