काठमाडौँमा विद्युतीय बस सुरु



काठमाडौँ उपत्यकामा पहिलो पटक सार्वजनिक विद्युतीय बस चल्ने भएको छ । महेन्द्र पुलिस क्लबमा सोमबार उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोख्रेलले विद्युतीय बसको उद्घाटन गरेका हुन् । स्मार्ट कार्ड लिएर यो बसमा यात्रा गर्नेले २० प्रतिशत छुटको व्यवस्था पाउने छन् ।
निजी क्षेत्रका यातायात कम्पनी सुन्दर यातायातले उपत्यकामा विद्युतीय बस सेवा सञ्चालनमा ल्याएको हो । त्यसो त साझा यातायातले पनि विद्युतीय बस सेवा सञ्चालनमा ल्याउने तयारी गरिसकेको छ । चक्रपथमा यी बसहरूले सेवा दिने छन् ।
कम्पनीले थप ११ वटा बस सञ्चालनमा ल्याउने जनाएको छ । यो बसको प्रतिगोडा मूल्य डेढ करोड रुपैयाँ भन्दा बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्