नेपाल र चीनबिचको तीन संझौतामध्ये दूईमा खनाल र एकमा दाहालको हस्ताक्षर, ढिला भएका आयोजना अब द्रुत गतिमा



काठमाण्डौं । चीनले नेपाललाई तीन क्षेत्रमा सहयोग गर्ने पत्रमा हस्ताक्षर गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सोमवार काठमाण्डौंको एक पाँचतारे होटेलमा भएको उच्चस्तरीय वार्तापछि चिनियाँ विदेशमन्त्री वाङ र नेपाली समकक्षी प्रदिप ज्ञवालीको उपस्थितीमा हस्ताक्षर भएको हो ।

पहिलो संझौतामा मनाङमा अस्पताल बनाउन चीनले ३५ करोड रुपैयाँ सहयोग गर्ने, दोस्रोमा आपतकालीन राहतका लागि ५ हजार टेण्ट उपलव्ध गराउने विषयमा हस्ताक्षर गरेको छ । दुई संझौतामा अर्थसचिव राजन खनाल र चिनियाँ अन्तराष्ट्रिय विकास सहायता नियोग सिआइसिडीएका उपाध्यक्ष डेङ बोकिङले हस्ताक्षर गरेका हुन् ।

अर्को संझौता चिनियाँ स्वंय सेवक शिक्षकहरु नेपाल आउनेमा भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश दाहाल र नेपालका लागि चीनका राजदुत हउ यान्छीले हस्ताक्षर छन् । वार्तामा दूई देशबिच विगतमा भएका सन्धी संझौता तथा नेपालमा सञ्चालित विकास निर्माणका आयोजनाका वारेमा समिक्षा भएको थियो । ढिला भएका आयोजनालाई द्रुत गतीमा सञ्चालन गर्ने समेत सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्