Logo
मङ्गलबार, २४ मङि्सर २०७६
(Tuesday 10th December 2019)

साउदीको तेल खानीमा भएको आक्रमणका कारण भाउ बढ्ने



आफ्नो स्वामित्वमा रहेका दुई प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भए पछि तेल र ग्यास उत्पादनमा कटौती भएको छ । यो आक्रमणका कारण कच्चा तेल उत्पादनमा प्रतिदिन ५७ लाख ब्यारेल कमी आएको छ । यो साउदीको आधा उत्पादन हो । यमन हुथी विद्रोही प्रवक्ताले १० वटा ड्रोन आफूले परिचालन गरेको बताए पनि अमेरिकाले यसलाई स्वीकारेको छैन । अमेरिकाका सेक्रेटरी अफ स्टेट माइक पोम्पेयोले ट्विट गर्दै यमनबाट आक्रमण भएको कुनै प्रमाण नभएका जनाउँदै इरानले आक्रमण गरेको आरोप लगाएका हुन् ।
साउदी अरेबियाले औपचारिक धारणा बाहिर ल्याएको छैन । केही समीक्षकहरूले यस घटनाका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुन सक्ने बताएका छन् । आक्रमण भएको खुराइसले संसारको एक प्रतिशत तेल उत्पादन गर्दै आएको थियो । यसै गरी,अबक्वीकले कुल निर्यातको सात प्रतिशत हिस्सा ओगटेको थियो । संसारको कुल पेट्रोलियम पदार्थमा साउदी अरेबियाको हिस्सा १० प्रतिशत रहेको छ । यी सबै कारणले अर्थतन्त्रले पर्ने र पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुने अनुमान गरिएको छ । सोमबार नै पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुने अनुमान गरिएको छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्