कुलमानको सफल कार्यकालको तेस्रो वर्ष सकियो



आफ्नो चार वर्षे कार्यकालको तेस्रो कार्यकाल पुरा भए पनि पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो तिन वर्षको समय अत्यन्त सफल भएको बताएका छन् । तत्कालीन कार्यकारी निर्देशक मुकेश राज काफ्लेले राजीनामा दिए पछि मन्त्री परिषद्को निर्णय अनुसार भदौ २९ मा घिसिङ नियुक्त भएका थिए । घिसिङले आफूले जिम्मेवारी सम्हाल्दा वार्षिक ऊर्जा खपत प्रतिव्यक्ति १ सय ५० युनिट रहेकोमा अहिले बढेर २सय ४५ युनिट पुगेको छ ।
वर्षाको समयमा दैनिक आठ घण्टा र हिउँदमा दैनिक १६ घण्टा लोडसेडिङ भइरहेको समयमा जिम्मेवारी सम्हालेका घिसिङ लोडसेडिङ हटाएकै कारण अत्यन्त लोकप्रिय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्