Logo
मङ्गलबार, २४ मङि्सर २०७६
(Tuesday 10th December 2019)

केन्द्रीय कारागार जगनाथ देवलमा एक दिने स्वास्थ्य शिविर



काठमाडौँको सुन्धारामा रहेको केन्द्रीय कारागार जगनाथ देवलमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ काठमाडौँ उडानको आयोजनामा शिविर सम्पन्न भएको हो । महिला बन्दी गृहमा भएको शिविरमा कैदी बन्दी महिलाको स्त्री रोग सम्बन्धी स्वास्थ्य परीक्षण गरिएको थियो ।

क्लबकी पूर्व अध्यक्ष रिमा अग्रवालको अगुवाइमा भएको शिविरमा एक सय पचास भन्दा बढी कैदी बन्दी महिलाहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । कारागारमै महिला डक्टरद्वारा स्त्री रोगको परीक्षण गर्न पाउँदा आफूलाई सहज भएको स्वास्थ्य परीक्षणमा सहभागी महिलाहरूले प्रतिक्रिया दिए ।

शिविरमा स्त्री रोग विशेषज्ञ डा. कोपिला राई, डा.उन्नति अमात्य र डा. अंकिता अग्रवालले स्वास्थ्य परीक्षण गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्