Logo
बुधबार, २५ मङि्सर २०७६
(Wednesday 11th December 2019)

‘सामान खरिद गर्दा एक वर्ष होइन, एक पुस्ता सोचौँ ।’ युवा पस्मिना व्यवसायी श्रेष्ठ



एनपिआइ कलेक्सनका प्रोपाइटर सुनिल श्रेष्ठ पछिल्लो समयका आशा लाग्दा युवा व्यवसायी हुन् । हातैले बनाएर तयार गरिएका पस्मिनाका सामग्री यस इन्डस्ट्रीका थप विशेषता हुन् । यी नै इन्डस्ट्री परिचित युवा व्यवसायी श्रेष्ठसँग गरिएको कुराकानीको सार सङ्क्षेप

व्यापारको दुनियाँमा तपाइको प्रवेश कसरी भयो ?
मेरो बुबा ३५ वर्ष अघि देखि यसै पेसामा रहनु भयो । ६ वर्ष अघि मैले केही नयाँ गर्न चाहेँ । यही चाहना सहित बुवाकै कम्पनीको एउटा हिस्सा मैले सम्हाले ।

कम उमेरमै व्यापारको सोच कसरी आएको हो ? बताइदिनु न
म पस्मिना देखेर नै हुर्केको हुँ । रातको १२ ,एक बजेसम्म बसेर पस्मिनाको काम देखेको छु । मैले यसलाई नयाँ सोच भने आफैले दिए । सबैले मेसिन रुपैयाँ गर्न थाले । मैले ढाकालाई युरोपेली र अमेरिकी स्वरूप तिर्दै फ्युजन पनि दिए । यसको कारण के हो भने यो नयाँ स्वरूपको ढाकाको सोच अघि बढायौ । यो हेर्दा राम्रो मात्र होइन, औपचारिक , अनौपचारिक सबै स्थानमा यो लुगा सुहाउँदो हुन्छ ।

‘ र मेटेरियल ’ कसरी व्यवस्थापन गर्नु हुन्छ ?
हामीले चीनबाट सामान ल्याउने गरेका छौ । नेपाली च्याङग्राको रौँ निकाल्दा चायाँ लगायत केही फोहोर हुने र सफा बनाउन कठिन हुने भएको हो । यस कारण हामीले चीनबाट नै लेराउने गरेका छौ ।

आखिर पस्मिनाको विशेषता के देख्नु भयो ? ग्राहकहरूलाई पस्मिना किन प्रयोग गर्नु पर्छ भन्नु हुन्छ ?
यसलाई विदेशमा कस्मिर भनिन्छ । यो बहुमूल्य मानिन्छ । यसलाई इज्जत र सानको प्रतीक पनि मानिन्छ । यसै कारण यो महँगो हुन्छ ।

महँगोको कारण चाही के हो ? उपयोगी या ‘ र मेटेरियल ’ महँगो भएर ?
र मेटेरियाल पनि महँगो नै छ । तर, यसको मूल्य यत्ति भन्ने छैन । विदेशमा १सय २० देखि २ सय २० डलरसम्म पर्छ । हामी कहाँ ५० डलरबाट सुरु हुन्छ । ‘ र मेटर , कामदारको खर्च, लगानी । यी सबै हिसाब गर्दा हामीहरूको मूल्य महँगो होइन । हो हामी कहाँ पनि सस्तोमा पाइन्छ । तर, पस्मिना प्रयोग गरे पछि पुस्ताका लागि हो । एक या दुई वर्षका लागि होइन । यस कारण पुस्ताकै लागि प्रयोग गरिने यो सामग्री महँगो भन्ने मलाई लाग्दैन ।

यो पेसामा सफलता पाउँदै गर्दा अन्य वैकल्पिक पेसाको बारे सोच्नु त भएको छैन ?
मैले कहिले पनि सोचेको छैन । हो यसलाई फराकिलो बनाउने चाहना पक्कै छ । आज मेरो व्यवसायका कारण २२ जनाले रोजगार पाएका छन् । यसलाई बढाएर अझ धेरै बनाउन मन त लागी नै हाल्छ । हाम्रो उत्पादन जापान, अमेरिका,युरोप र चीनका केही ठाउँमा पनि जान्छ । उत्पादनको मात्रा बढाउने र निर्यात पनि बढाउने मेरो चाहना हो । म के कुरामा गर्व गर्छु भने चिनिया बजारमा उत्पादन भएको सामान संसार भर पुग्छ । तर, हामीले उत्पादन गरेको सामग्री चीनमा पुग्ने गरेको छ । मेरो चाहना भनेको एउटै डुङ्गामा दुईवटा गोडा राख्ने हो ।

बुबाको पथलाई पछ्याउँदै तपाइ यो पेसामा लाग्नु भयो ? बुबाको पथलाई निरन्तरता दिनु भयो या अन्य केही गनुृ भयो ?
मेरो बुबा पुष्पमान श्रेष्ठ शिक्षक हुनु हुन्थ्यो । सञ्चार उद्यमी पनि । नेपाल पस्मिना सङ्घको अध्यक्ष पनि हुनु भयो । उहाँले मलाई एउटा कुरा सिकाउनु भयो । कुनै व्यापारमा पुरै समय दिन पर्छ भन्ने छैन । त्यसमा निश्चित समय दिएर अलि फरक किसिमले दिमाग लगाउँदा राम्रो हुन्छ । जस्तो म पनि दिनभरि कारखानामा बस्ने, या दिन भर सो रूपमा बस्ने गर्दिन । अन्यत्र लाग्दा केही मान्छे भेट्दा पनि मार्केटिङको काम हुन्छ ।

सरकारले एकाएक आफ्नो नीतिमा परिवर्तन गर्ने गरेका कारणले थुप्रै व्यवसायीहरू डुबेका छन् । तपाईँहरू चाहिँ कत्तिको सुरक्षित हुनु हुन्छ ?
यो देशमा सुरक्षाको प्रश्न गम्भीर हो । उदाहरणको लागि डेंगुको कारण थुप्रै देशका पर्यटक घट्दै छन् । सरकारलाई यसको चासो छैन । जबकि पर्यटक आउने समय भनेकै सेप्टेम्बर, अक्टोबर, नोभेम्बर र डिसेम्बर प्रमुख महिना हुन् । हामी कहाँ समस्या छन् । तर, यसको मतलब काम त गर्नै प¥यो । यसै अवस्थालाई स्वीकार गरेर हामीले काम गरेका छौ । तर, अन्य केही व्यवसायमा जस्तो राज्यको नीति परिवर्तन भए सबै डुब्छ की भन्ने जोखिम हामी कहाँ हुँदैन ।
सरकारसँग मैले भन्न चाहने के हो भने अहिले निर्यात गर्दा १.७५ प्रतिशत इन्सेन्टीभ दिएकोमा त्यो बढाएर ७ या आठ प्रतिशतसम्म भए हुन्थ्यो ।

तपाइका अन्य रुचि र चासोका विषय र सामाजिक गतिविधि चाही के हुन् नि ?
म पहिले फुटबल र स्नुकर खेल्थे । भ्रमण मेरो रुचि हो । सामाजिक काममा रूपमा मैले अहिले एक जना दुखित महिलाको छोरालाई पढाएको छु । यसलाई बढाएर दुई तीन जना बच्चा पढाउने सोचमा छु । मेरो सोच के छ भने अब एउटा पिस मा एक डलर बचाएर त्यो सामाजिक काममा लगाउने भन्ने छ ।

अन्त्यमा पाठकहरूलाई के भन्न चाहनु हुन्छ ?
म सबैलाई एउटै कुरा अनुरोध गर्न चाहन्छु । पस्मिना उद्योग व्यवस्थित रहोस् भन्ने हो । ग्राहकहरूलाई के अनुरोध गर्न चाहन्छु भने तपाईँ पस्मिना प्रयोग गर्नु हुन्छ भने एक हजार या १५ सय रुपैयाँको मुख नहेर्नुस् । तपाईँ अलि सस्तोमा सामान किनेर एक वर्ष पनि उपयोग नगर्नेकी एक दुई हजार बढी मूल्य तिरेर पुस्तासम्म उपयोग गर्ने त्यो प्रमुख हो ।

एनपिआइ कलेक्सनका उत्पादन, मुख्य पसल ठमेल, नागरिक लगानी कोषको ठिक अगाडी

 

 

प्रतिक्रिया दिनुहोस्