खाना पकाउने ग्यास पनि पाइपलाइनवाटै



नेपाल आयल निगमले खाना पकाउने ग्यास पनि पाइपलाइनवाटै ल्याउने योजना बनाएको छ । रक्सौल बोर्डर देखि चितवनको लोथारसम्म ग्यासको पाइप बिछ्याउने योजना रहेको छ । आयल निगमले लोथारसम्म ९८ किलोमिटर पाइप बिछ्याउने योजना बनाएको छ । पाइपको सर्भे गर्ने जिम्मेवारी इन्डियन आयल कर्पोरेसनले एमएस कर्पोरेसनलाई दिएको छ । हाल साढे ६७ किलोमिटर सर्भेको काम सकिएको जनाइएको छ ।
आयल निगमले लोथारमा खरिद गरेको २४ बिघा नौ कट्ठा जमिनमा ग्यासका लागि ४० हजार मेट्रिक टनको भण्डारण गृह निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्