Logo
मङ्गलबार, २४ मङि्सर २०७६
(Tuesday 10th December 2019)

गण्डकी मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीले मागे शिक्षामन्त्रीको राजीनामा



गण्डकी मेडिकल कलेजमा विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । कलेजले विद्यार्थीसँग लिएको अवैधानिक शुल्क फिर्ता गर्न सरकारले गरेको निर्णय कलेजहरूले नमाने पछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले आफैले गरेको निर्णय कार्यान्वयन गराउन नसेकेको भन्दै शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलको राजीनामा माग गरेका छन् । यसै मागलाई लिएर गत माघमा पनि विद्यार्थीहरूले आन्दोलन गरेका थिए ।
मन्त्री परिषद्ले ४३ लाख ४५ हजार रुपैयाँ तथा काठमाडौँ उपत्यकामा ३८ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको छ । तर निजी कलेजहरूले एमबिबिएस पढ्न थप १२ लाख तथा नर्सिङ पढ्न ४ लाख रुपैयाँसम्म लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्