भक्तपुरमा पनि बढ्दै छ,डेंगुको सङ्क्रमण



देश भरी फैलिएको डेंगु रोगको प्रकोपले भक्तपुरलाई आक्रान्त पारेको छ । पछिल्लो दुई साताको अवधिमा १ सय ९७ जना डेंगुको सङ्क्रमित भेटिएका छन् । अहिले जिल्ला जन स्वास्थ्य कार्यालयले सबै तहमा सचेतना अभियान सुरु गरेको जनाइएको छ । ८ भदौमा पहिलो पटक डेंगुको सङ्क्रमण भेटिए पछि अहिलेसम्म यो क्रम बढी रहेको छ ।
नेपालमै सबै भन्दा बढी जनघनत्व भएको भक्तपुरमा यो सङ्क्रमण बढे पछि यसले बढी जोखिम बढाउन सक्ने स्वास्थ्य अधिकारीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्