नेमकिपाको सातौँ महाधिवेशन भोलि देखि



नेपाल मजदुर किसान पार्टी(नेमकिपा)को सातौँ महाधिवेशन शुक्रवार सुरु हुँदै छ । नेमकिपाका सचिव प्रेम सुवालले दिएको जानकारी अनुसार शुक्रवार ११ बजे तिन लामो नेमकिपाको महाधिवेशनको उद्घाटन हुने छ । शुक्रवार नै भक्तपुरको च्याम्हासिंह र बोडेका साथै काठमाडौँको कोटेश्वरबाट बाजा गाजा सहित ¥याली निकालिने छ । ¥याली भक्तपुरको सल्लाघारी पुगे पछि पार्टी अध्यक्ष नारायण मान बिजुक्छेले उद्घाटन गर्ने छन् ।
यसअघि २०७१ चैत २१ गते काठमाडौँको खुल्लामञ्चमा पार्टीको छैटौँ महाअधिवेशन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्