नेकपा र चिनिया कम्युनिस्ट पार्टीका बिच अन्तरक्रिया



चिनिया कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी(नेकपा) बिच काठमाडौँमा अन्तरक्रिया हुने भएको छ । चिनिया कम्युनिस्ट पार्टीको आयोजनामा असोज ६ र ७ गते सो अन्तरक्रिया हुन लागेको हो । नेकपा उक्त कार्यक्रमको सहआयोजक रहेको छ । अन्तरक्रिया कार्यक्रममा चिनिया कम्युनिस्ट पार्टीका ३ वटा सङ्गठन विभाग प्रमुख तथा नेकपाका दुई अध्यक्षको प्रस्तुति रहने छ।
चिनिया कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओ,प्रवक्ता र स्कुल विभाग प्रमुखले कार्यपत्र प्रस्तुत गर्ने छन् । नेकपाका दुवै अध्यक्षले नेपालको संविधान,विदेश नीति र नेकपाको राजनीतिक लाइनका बारे धारणा राख्ने छन् ।

प्रतिक्रिया दिनुहोस्